पिसाव गर्न गएकी शान्ती श्रीको लडेर मृत्यु


     एभरेस्ट आवाज    
     कार्तिक १५ गते २०७८ मा प्रकाशित




प्रतिकात्मक तस्विर

पोखरा । सोमबार नवलपरासी पूर्वको दाउन्नेमा भारतीय एक महिलाको लडेर मृत्यु भएको छ ।

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको यूपी ७६ एसएल २५१० नं को कारमा सवार भारतको उत्तर प्रदेश बस्ने शान्ती श्री २७ को विनयी त्रिवेणी–२ को दाउन्नेमा पिसाब गर्न जाने क्रममा सडकको डिलबाट अन्दाजी एक सय मिटर तल खस्दा उपचारको मृत्यु भएको प्रहरीले जनाएको छ । उनी सवार कारमा ५ जना थिए ।

भिरबाट खसेर गम्भीर घाइते भएकी श्रीको उपचारका क्रममा मध्यविन्दु जिल्ला अस्पताल डण्डामा उपचारको क्रममा मृत्यु भएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी नायव उपरीक्षक श्रवणकुमार वि.कले जानकारी दिए ।

घटनाका विषयमा अनुसन्धान भइरहेको जनाइएको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।