भाइटीकाको साइत ११ बजेर २ मिनेटमा उत्तम


     एभरेस्ट आवाज    
     कार्तिक १५ गते २०७८ मा प्रकाशित




काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक विकास निर्णायक समितिले भाइटिकाको साइत सार्वजनिक गरेको छ ।

समितिले सार्वजनिक साइत अनुसार भाइटिकाको शुभ साइत ११ बजेर २ मिनेटमा उत्तम रहेको जनाइएको छ ।

यही कार्तिक २० गते शनिबार भाईटिकको शुभसाइत विहान ११ बजेर २ मिनेटमा उत्तम रहेको समितिका सदस्य सचिव सूर्यप्रसाद ढुंगेलले जानकारी दिए ।

समितिले दशैं र भाइटीकाको साइत सार्वजनिक गर्दै आएको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।