इङ्ल्यान्ड आइसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ।
श्रीलंकालाई २६ रनले हराउँदै इङ्यान्ड यो विश्वकपको सेमिफाइनलमा पुग्ने पहिलो टिम समेत बनेको छ।
जारी आइसीसी टी–ट्वान्टी विश्वकपमा ४ खेल खेलेको इङ्यान्ड एक खेल अगाडि नै सेमिफाइनलमा पुगेको हो।
सारजहामा गएराति भएको खेलमा इङ्यान्डले दिएको १ सय ६४ रनको लक्ष्य पछ्याएको श्रीलंका १९ ओभरमा अलआउट हुँदै १ सय ३७ रनमा समेटियो।
यसअघि, टस हारेर पहिले ब्याटिङ गरेको इंग्ल्याण्डले २० ओभरमा ४ विकेट गुमाएर १ सय ६३ रन बनाएको थियो। समूह एकमा शीर्ष स्थानमा रहेको इङ्यान्डले ४ खेलबाट ८ अंक जोडेको छ। चौथो स्थानमा रहेको श्रीलंकाको ४ खेलबाट २ अंक जोडेको छ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







