निर्मलपोखरीमा माओवादीको टोल कमिटी गठन, अध्यक्षमा गिरी


     एभरेस्ट आवाज    
     कार्तिक १८ गते २०७८ मा प्रकाशित




पोखरा । नेकपा (माओवादी केन्द्र) ले निर्मलपोखरीको गिरी गाउँमा दोस्रो टोल समिति गठन गरेको छ । पोखरा –२१ निर्मलपोखरीस्थित गिरी गाउँमा भएको भेलाले बिपशा गिरीको नेतृत्वमा १९ सदस्यीय कमिटी गठन गरेको हो ।

कमिटीको उपाध्यक्षमा सिवन गिरी, सचिवमा शोनिस गिरी, सह–सचिबमा रिना गिरी, कोषाध्यक्षमा खेम कुमारी गिरी चयन भएका छन् ।
यस्तै सदस्यहरुमा ईन्द्र नेपाली, गजराज गिरी, चन्द्र बहादुर थापा, अनिसा गिरी, बिक्रम गिरी, पुर्णकला गिरी, तुलसी थापा मगर, तिल ब. गिरी, शुसिला गिरी, वसन्त भण्डारी ,लालुमाया गिरी छन् ।

कार्यक्रममा नवनिर्वाचित कमिटीलाई नेकपा माओवादी केन्द्र गण्डकी प्रदेश सचिवालय सदस्य गंगा पोख्रेलले पद तथा गोपनियताको सपथग्रहण गराइन् । सो अवसरमा नवनिर्वाचित टोल कमिटी बिपशा गिरीले स्थानीय स्तरमा रहेको अन्य दलको दबदबा तोड्ने गरि काम गर्ने प्रतिवद्धता व्यक्त गरिन् ।

कार्यक्रममा पोखरा–२१ का वडा कमिटी अध्यक्ष पि.डी. सिग्देल, सचीव रेशम गिरी, पार्टी जिल्ला सल्लाहकार निर्मलबहादुर अधिकारी क्षेत्री, मुक्ति पोख्रेल, यवराज आचार्य महानगर कमिटि सदस्यद्वय शिव पौडेल , देवि अधिकारी, जिल्ला कमिटि सदस्य श्रीराम सुवेदी, प्रकाश पौडेल लगायतले बोलेका थिए ।

टोल भेला आयोजक समितिका अध्यक्षता गोकुल गिरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बामपन्थि नेता गजराज गिरीले स्वागत र सदस्य हरिमाया गिरीले सञ्चालन गरेकी थिइन् ।

वडा अधिवेशनको तयारीका लागि नेकपा माओवादी केन्द्र द्वारा पोखरा–२१का विभिन्न ठाउँमा टोल कमिटी गर्न लागेको हो । भेलाले आगामी मंसिर ४ गते प्रथम वडा अधिवेशन फोक्सिङकोट कालिका मन्दिरमा गर्ने तयारी गरिएको जनाइएको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।