तस्बीरः गेट्टी इमेजेस
यस वर्षको विश्व प्रतिष्ठित बुकर पुरस्कार दक्षिण अफ्रिकी लेखक डामोन गाल्गोटलाई प्रदान गरिएको छ।
चर्चित उपन्यासकार तथा नाटककार डाल्गोटको पुस्तक ‘द प्रमिज’का लागि सो पुरस्कार प्रदान गरिएको हो।
सो पुस्तकमा गएको ४ दशकको अवधिमा एउटा दक्षिण अफ्रिकी परिवारको पतनको विषयलाई उल्लेख गरिएको छ। यो उनको नवौँ पुस्तक हो।
यसअघि, सन् २००३ र सन् २०१० मा पनि उक्त पुरस्कारका लागि उनी मनोनयनमा परेका थिए। तर, पुरस्कार जित्न भने सकेका थिएनन्।
उनलाई बुधवार एक समारोहबीच ५० हजार पाउन्डको पुरस्कार प्रदान गरिएको हो। निर्णायक मण्डलका अध्यक्ष माया जेसन्अफले उपन्यासमा अद्वितीय कथा, समृद्ध विषयवस्तु र दक्षिण अफ्रिकाको विगत ४० वर्षको इतिहास उत्कृष्ट किसिमले बुनिएकाले पुरस्कारका लागि छनौट गरिएको जानकारी दिए।
‘पुस्तकमा उत्कृष्ट शैली छ, उत्कृष्ट विचार छन् र यो संरचना र साहित्यिक शैलीमा उल्लेखनीय ध्यान दिएर सोच्न बाध्य बनाउने कुरा छन,’ उनले भने। एउटा श्वेत परिवारले आफ्नी अश्वेत सेविकालाई घरजग्गा दिन व्यक्त गरेको वाचाका आधारमा कितावको नामाकरण गरिएको हो।
श्वेत सरकारको जातीय भेदभाव अन्त्य गरिएपछि अपूर्ण रहेका प्रतिबद्धतालाई पुस्तकमा विस्तृत रुपले उजागर गरिएको छ। प्रिटोरियामा हुर्किएका ५७ वर्षीय लेखक गाल्गोटले अफ्रिकी समाजका फरक/फरक पुस्ता र राजनीतिक परिस्थितीलाई पुस्तकमार्फत झल्काएका छन्।
पुस्तक लेख्न धेरै समय र धेरै मेहनेत लागेको बताउदै उनले त्यो मेहनेतको फल अहिले पाएको अनुभूति भएको अनुभव सुनाए। उनले १७ बर्षको उमेरमै आफूले पहिलो उपन्यास लेखेको जानकारी दिए। निरन्तरको लेखाईका कारणले पनि आफू खारिँदै गएर अहिले यति ठूलो पुरस्कार पाउने अवसर जुटेको उनको भनाई छ।
रासस/एएफपी
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । यमपञ्चक अर्थात् तिहारको पाँचौँ तथा अन्तिम दिन बुधबार दिदीबहिनीले दाजुभाइलाई…







