तस्बीरहरुः पश्चिमाञ्चल होटल संघ, पोखरा
पोखरामा यसपटक २० विदेशी नागरिकले टिका ग्रहण गरे। उनीहरुले यस वर्षको तिहारमा हर्ष र उल्लासमय तरिकाले भाइटिका लगाए।
कोभिड–१९ को कारण दुई बर्षदेखि रोकिएको महोत्सवले यसपटक १४ औं संस्करणको रुपमा पुनः निरन्तरता पायो। कोरोनाका कारण गत वर्ष सुनसान बनेको तिहारको भाइटिका यस वर्ष भने विदेशी पर्यटकका लागि पनि हर्ष र उल्लासमय बनेको थियो।
गत वर्ष कोरोनाका कारण लकडाउन थियो। सबैमा कोरोना सर्छकि भन्ने डर थियो। घुमफिर गर्न र आफन्तजनु भेट्न मुस्किल थियो। तर यस वर्षको तिहारमा भने विदेशी पर्यटकले पोखराको लेकसाइडस्थित मम्स गार्डेन रिसोर्टमा रेन्वो चिल्ड्रेन होमका छात्राहरुको हातबाट विदेशी पर्यटकले टिका लगाए। नेपाली सभ्यताकै मौलिक पर्व तिहारमा उनीहरुलाई चिल्ड्रेन होमका छात्रा बहिनीहरुले टिका लगाइदिए। स्वास्थ्य मापदण्ड पालना गरेरै भएपनि सबै विदेशी पर्यटकहरुले हर्ष र उल्लासमय तरिकाले भाइटिका लगाएर नेपाली मौलिक पर्व तिहार मनाए।
पश्चिमाञ्चल होटल संघ पोखराले तिहारको अवसरमा भाइटिका महोत्सवको आयोजना गरेको थियो। संघले विगतदेखि आयोजना गर्दै आएको महोत्सवलाई यस वर्ष पनि निरन्तरता दिएको हो। तिहारको अन्तिम दिन भाइटिकाका अवसरमा आयोजित यो महोत्सवमा विदेशी नागरिकले उत्साहपूर्वक सहभागिता जनाए। नेपाली संस्कृतिको संरक्षण गर्दै यसैका माध्यमबाट पोखराको प्रबद्र्धनमा सघाउने उद्देश्यले भाइटिका कार्यक्रमको आयोजना गरिएको थियो।
भाइटिकामा चीन, रसिया, जर्मनी, फ्रान्स, कम्बोडिया र बेलारुसका पर्यटक सहभागी थिए। महोत्सवमा टिका ग्रहण गर्न कतिपय विदेशी नागरिक दोहो¥याएर समेत सहभागी थिए। विदेशी नागरिकलाई टिका लगाइदिएपछि उनीहरुलाई सयपत्री पूmलको माला, टोपी र सेलरोटी लगायतका परिकार छात्राहरुले पस्किएका थिए। भाइटिकापछि देउसी भैलो तथा सांस्कृतिक कार्यक्रम समेत आयोजना गरिएको थियो।






र यो पनि …
यस पालीको तिहार हर्ष र उल्लासमय बन्यो। कोरोनाका कारण गतवर्ष सुनसान बनेको भाइटिका यसवर्ष खुल्ला, हर्ष र उल्लासमय बन्यो। गत वर्ष धेरै जसोले तिहार मनाउन पाइएनन्, भाइटिका लगाउन पाएनन्। गतसाल लकडाउनका कारण धेरै विदेशबाट घर आउन पाएनन्। यस वर्षको तिहारमा भने सबैलाई एकत्रित हुने अवसर जुट्यो। परदेश गएका दाजुभाइ दिदीबहिनीहरु स्वदेश फर्किएर घरघरमा तिहारको पर्व मनाए र भाइटिका लगाए। कोरोनाको जोखिम कम भएपछि कास्कीको पोखरा लगायत देशभर खुलेर तिहार मनाए। यस वर्षको तिहारमा देशभरका नेपाली दाजूभाई दिदीबहिनीहरुले खुलेर आत्मीय र भावनात्मक सम्बन्धका भाइटिका लगाए। परम्परा जोगाउनका लागि पनि धेरैले भाइटिका लगाए।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरामा आज बिहान भएको सडक दुर्घटनामा परि एक किशोरको मृत्यु भएको छ…





