फेवा चौतारीको देउसी भैलोमा तीन मन्त्रीको छमछमी

- संस्कृति संरक्षणमा देउसी भैलोको छुट्टै योगदान छ : मन्त्री बराल


     एभरेस्ट आवाज    
     कार्तिक २१ गते २०७८ मा प्रकाशित




गण्डकी प्रदेशका तीन जना मैन्त्रीहरु एकै मन्चमा छम्छम्ती नाच्नु भएको छ । पोखराको फेवा टेलिभिजनको फेवा चौतारीको सांस्कृतिक टिमले आइतबार भाइटिकाको अवसरमा प्रदेशका अर्थ मन्त्री रामजी प्रसाद बराल जीवनको निवासमा आयोजना गरेको देउँसी भैलो कार्यक्रममा मन्त्री बराल सहित तीन जना मन्त्रीहरु छम्छम्ती नाच्नु भएको हो ।

मन्त्री बरालको साथमा प्रदेशका भूमि व्यबस्था, कृषि, सहकारी तथा गरिबी निवारण मन्त्री चन्द्र बहादुर बुढा र वन, वातावरण तथा भूसंरक्षण मन्त्री दीपक थापा एकै मन्चमा देउँसी भैलो कार्यक्रममा सहभागि हुदै नृत्य प्रर्दशन गर्नु भएको थियो । नेपाली कला संस्कृतिको जर्गेना गर्ने उद्धेश्यले आयोजना भएको उक्त कार्यक्रममा मन्त्रीहरुले भैली टोलीलाई खुसि व्यक्त गर्दै देउँसी भैलो कार्यक्रममा सहभागि टिमलाई नेपाली कला संस्कृतिको संरक्षणमा दिगो रुपमा लाग्न सुझाव दिनु भएको थियो ।

पछिल्लो समयमा पश्चिमा संस्कृतिले नेपालमा प्रशय पाएको अबस्थामा नेपाली लोक भाका सहितको कला संस्कृतिलाई संरक्षण गर्न आवश्यक भएको अर्थ मन्त्री बरालको भनाई थियो । नेपाली कला संस्कृतिको संरक्षण गर्ने उद्धेश्यले चर्चीत कलाकार रेशम निर्दोश, रति माया खड्का, इश्वर सिंह सहितको टिम आफुहरुसंग रहेको कार्यक्रम संयोजक संचारकर्मी हेमराज अधिकारीले बताए ।

यसैबिच अर्थ मन्त्री निवासमा राष्ट्रिय जनमोर्चाको रंक्तिम सांस्कृतिक टोलीले समेत देउँसी भेलो कार्यक्रम आयोजना गरेको थियो । प्रदेशका सांसद पियारी थापा, पार्टीका गण्डकी प्रदेश अध्यक्ष शंकर बराल सहितको टोली देउँसी भेलोमा सहभागि हुनु भएको थियो । जनतामा जागर गराउदै नेपाली कला संस्कृतिको संरक्षण गर्न उक्त कार्यक्रम गरिएको सांसद थापाले बताउनु भयो ।

गत बर्ष कोरोनाको कारणले प्रायः बजारमा सुनसान जस्तै भएको तिहार पर्वमा यस बर्ष धेरै संघ संस्थाको देउँसी भैलो कार्यक्रमले पोखरा बजार क्षेत्र सांगितीक माहोलले पोखरेलीलाई मनोरन्जन समेत दिलाएको थियो ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।