काठमाडौँ । चीनको जनमुक्ति सेनाले नेपाली सेनालाई सहयोगस्वरुप कोभिड–१९ विरुद्धको तीन लाख डोज भेरोसेल खोप उपलब्ध गराएको छ। प्रधानसेनापति प्रभुराम शर्मालाई जङ्गी अड्डामा आज आयोजित कार्यक्रमा नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले १० थान भेन्टिलेटर, १०० थान अक्सिजन कन्सन्ट्रेटरसहित सो भेरोसेल खोप हस्तान्तरण गरेका थिए।
सो अवसरमा प्रधानसेनापति शर्माले भेरोसेल खोप सहयोगका लागि मित्रराष्ट्र चीन सरकार र चिनियाँ जनमुक्ति सेनालाई धन्यवाद ज्ञापन गरेकाे सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । उक्त खोप सेनाका सकल दर्जा र प्राथमिकताका साथ अन्य हिताधीकारीलाई समेत उपलब्ध हुनेछ । कोभिड–१९ विरुद्धको लडाईंमा यस्ता सहयोगबाट सेना जनताको सेवामा थप प्रभावकारीरुपमा लाग्न सक्षम हुने सेनाले विश्वास लिएको छ । रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


झण्डै डेढ बर्षपछि पोखरा प्रज्ञा प्रतिष्ठानले नयाँ पदाधिकारी पाएको छ । महानगरपालिकाकी…





