मंसिरको तेस्रो साता प्रथम हाई अल्टिच्युड माउण्टेन बाइक च्यालेन्ज हुने भएको छ।
सोमबार आयोजक प्रदेश खेलकुद विकास परिषद्, बागमती प्रदेश तथा जिल्ला साइक्लिङ संघ रसुवाले संयुक्त पत्रकार सम्मलेन गर्दै पहिलो संस्करणको हाई अल्टिच्युड माउण्टेन बाइक च्यालेन्ज मसिंर १८ गते आयोजना गर्ने बताएको हो।
३ विधामा आयोजना हुने प्रतियोगिताको इलिटतर्फ मात्रै महिलाको सहभागिता रहँदा पुरुषतर्फ ईलिट, जुनियर र मास्टर गरी ३ विधामा प्रतिस्पर्धा हुनेछ। जिल्ला साइक्लिङ संघ रसुवाले प्रतियोगिताको रुटसमेत तय गरेको छ।
प्रतियोगिताको इलिटतर्फको प्रथम देखि दशौं सम्मको विजेताले ४० हजार, २० हजार, १५ हजार, ७ हजार, ६ हजार, ५ हजार, ४ हजार ३ हजार २ हजार र १ हजार रुपैयाँ प्राप्त गर्नेछ। यस विधामा महिला तथा पुरुष दुवैको सहभागिता रहनेछ।
यस्तै, मास्टर र जुनियर तर्फको प्रथम देखि तृतीय सम्मको विजेताले १५ हजार, १० हजार र ७ हजार पाउने भएको छ।
बाइक च्यालेन्च कालिका गाउँपालिकाको सहिद गेट कालिकास्थानबाट सुरु भई घुम्तिबजार, लामाटोल, गुम्बाडाँडा, स्याउबारी हुँदै नौकुण्ड गाउँपालिका, लोकिल, आरुखर्क, गामु, सस्र्युङ, किमार्जोङ, साल्चेत र जिवजिव हुँदै ३५ किलोमिटर पार गर्दै कालिका हिमालय क्याम्पसम्म पुगेर टुंगिनेछ। आयोजकले खुल्ला प्रतियोगितामा १ सय ५० जना प्रतिस्पर्धी सहभागी हुने जनाएको छ।
प्रतियोगिता आयोजनाको लागि प्रदेश खेलकुद विकास परिषद् र जिल्ला साइक्लिङ संघ रसुवाबीच सोमबारै सम्झौता पत्रमा पनि हस्ताक्षर भएको छ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सुनसरी घटनालाई लिएर मधेश प्रदेशका बिभिन्न जिल्लामा प्रदर्शन चर्कदै गएका छन् ।…





