दोस्रो अभ्यास खेलमा नेपाली महिला टिम पराजित


     एभरेस्ट आवाज    
     कार्तिक २३ गते २०७८ मा प्रकाशित




नेपाली महिला टिम बंगलादेशमा भएको दोस्रो अभ्यास खेलमा बंगलादेशको क्रिरा शिक्षा प्रतिष्ठानसँग ५ विकेटले पराजित भएको छ।

आइसीसी महिला टी–२० विश्वकपको एशिया छनोटको तयारीका लागि हाल बंगलादेशमा रहेको नेपाली महिला टिमले दोस्रो अभ्यास खेलमा बंगलादेशको क्रिरा शिक्षा प्रतिष्ठानसँग ५ विकेटल हार ब्यहोरेको हो।

पहिलो खेलमा जित निकालेको नेपाली टिमको दोस्रो खेलमा भने राम्रो ब्याटिङ चल्न सकेन।

टस जितेर पहिले ब्याटिङ गरेको नेपाली टिम १८ ओभर ३ बलमा मात्र ४५ रनमा अलआउट बन्यो। नेपालका लागि २ खेलाडीले मात्र दोहोरो अंक जोड्न सके।

ज्योती पाण्डे र अप्सरी बेगमले समान १३/१३ रन बनाउँदा अरु खेलाडी एकपछि अर्को गरेर आउट हुँदै गए। बलिङमा मरुफाले ४ विकेट लिइन्।

जवाफमा बिकेएसपीले १२ ओभर ४ बलमा ५ विकेट गुमाउँदै लक्ष्य पूरा गरेको थियो। उसको जितमा सुमैयाले २१ रनको योगदान गरिन्।
अन्य चार खेलाडीले दोहोरो रन बनाउन सकेनन्। बलिङमा नेपालका लागि कविता कुँवरले २, सबनम राई, सरस्वतीले १/१ विकेट लिए।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।