राष्ट्रिय जनगणना ०७८ः भोलिदेखि मूल गणना सुरू


     एभरेस्ट आवाज    
     कार्तिक २३ गते २०७८ मा प्रकाशित




राष्ट्रिय जनगणना २०७८ अन्तर्गत भोलि (बुधबार)बाट मूल गणना हुने भएको छ।

मंसीरको ९ गतेसम्म हुने जनगणनाका लागि तयारी पूरा भएको तथ्यांक विभागले जानकारी दिएको छ।

मूल गणनाका लागि ४० हजार गणक र ८ हजार १६ जना सुपरीवेक्षक खटिने छन्। नेपालमा हरेक १०/१० वर्षमा एक पटक राष्ट्रिय जनगणना हुने गरेको छ।

यसअघि ३० भदौबाट सुरु भएको सूचीकरण १८ असोजसम्म चलेको थियो। छुटेका व्यक्ति तथा परिवारले केन्द्रीय तथ्यांक विभागमा सम्पर्क गरी टिपाउन सक्नेछन्।

तथ्यांक विभागले यसअघि असार ८ गतेदेखि जनगणना सुरु गर्ने तयारी गरेको थियो। तर, कोरोना भाइरस संक्रमणको दोस्रो लहर फैलिएपछि जनगणना स्थगित भएको थियो।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।