गण्डकीमा ८७ जना कोरोना सङ्क्रमणमुक्त


     रासस    
     कार्तिक २३ गते २०७८ मा प्रकाशित




पोखरा । गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा ८७ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । यस अवधिमा प्रदेशमा ३२ जना सङ्क्रमित थपिएको स्वास्थ्य निर्देशनालय, प्रदेश स्वास्थ्य आपत्कालीन कार्यसञ्चालन केन्द्र गण्डकी प्रदेशका संयोजक नवराज शर्माले जनाकारी दिए ।

उनका अनुसार थपिनेमा कास्कीका १७ , नवलपरासी (बर्दाघाट सुस्तापूर्व) र पर्वतका चार/चार , स्याङ्जाका तीन, बागलुङका दुई, लमजुङ र तनहुँका एक/एक छन् ।

प्रदेशमा सकृय सङ्क्रमितको सङ्ख्या ४२६ पुगेको छ भने होमआइसोलेसनमा ३९१ जना रहेको निर्देशनालयले जनाएको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।