मोवाइल पड्किएर एकको मृत्यू


     एभरेस्ट आवाज    
     कार्तिक २५ गते २०७८ मा प्रकाशित




मोवाइल पड्किएर तनहुँमा एक जनाको मृत्यू भएको छ । मोवाइल कोठामा बसिरहेका बेला मोवाइल पड्किएर बेहोस् भएका तनहुँको शुक्ला गण्डकी नगरपालिका वडा नम्बर ३ दुरुङचुङका २७ वर्षिय चित्रबहादुर रानाको मृत्यू भएको हो ।

मोवाइल पड्किएर बेहोस् भएका उनलाई तत्काल उद्धार गरेर जिपी कोक्ष्राला श्वासप्रश्वास केन्द्र बेलचौतारा तनहुँमा ल्याईएपनि उनको उपचारका क्रममा मृत्यू भएको गण्डकी प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

बेहोस् भनिएका उनलाई चोटपटक लागे÷नलागेको प्रहरीले खुलाएको छ । थप अनुसन्धान भइरहेको प्रहरीले जारी गरेको वुलेटिनमा उल्लेख छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।