एमाले अधिवेशनका लागि गण्डकीबाट ५ प्रतिनिधि सर्वसम्मत छनोट


     एभरेस्ट आवाज    
     कार्तिक २७ गते २०७८ मा प्रकाशित




नेकपा एमालेको दशौँ महाधिवेसनका लागि गण्डकी प्रदेश कमिटिबाट सर्वसम्मत रुपमा महाधिवेशन प्रतिनिधि छनोट भएका छन्।

प्रतिनिधि छनोटको कार्यतालिका आज (शनिबार) भएपनि गण्डकी प्रदेश कमिटीले आफ्नो भागमा पर्ने ५ जनाको नाम हिजो शुक्रबार नै टुंग्याएको छ।

खुलाबाट शोभियत ढकाल, माधब बास्तोला, लिला राना सर्वसम्मत रुपमा चयन भएका छन्। महिलातर्फ गण्डकी प्रदेश सभा सदस्य पुष्पा केसी भण्डारी र कृष्णकुमारी श्रेष्ठलाई चयन गरिएको एमाले गण्डकीका सचिवालयले जनाएको छ। जिल्ला तहबाट प्रतिनिधि छनोट भने आज (शनिबार) टुंगो लगाउने कार्यतालिका छ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।