ब्राजिल विश्वकप फुटबलमा छनोट


     एभरेस्ट आवाज    
     कार्तिक २७ गते २०७८ मा प्रकाशित




कतारमा हुने विश्वकप फुटबलमा चयन हुने ब्राजिल पहिलो दक्षिण अमेरिकी राष्ट्र बनेको छ।

विश्वकप छनोटअन्तर्गत शुक्रबार बिहान भएको खेलमा ब्राजिलले कोलिम्बयालाई १–० ले हराएर दक्षिण अमेरिकी देशमध्येबाट आफूलाई विश्वकपका लागि नाम लेखाएको छ।

खेलको ७२ औँ मिनेटमा नेमारको पासमा लुकास पाक्वेटाले गरेको गोल निर्णायक बन्यो ।

विश्वकप छनोटमा ब्राजिलले १२ मध्ये ११ खेल जितेको छ। ब्राजिल एक वर्षअघि नै थुप्रै खेल बाँकी छँदै छनोट भएको थियो। यस समूहको चौथो स्थानमा रहेको कोलम्बिया र पाँचौँ स्थानमा रहेको चिलीसँगको क्रमशः १६ र १८ अंकको दुरी बनाएपछि ब्राजिल ५ खेल छँदै छनोट भएको हो। दक्षिण अमेरिकी समूहबाट ४ टिमले स्वतः विश्वकपमा सहभागिता जनाउनेछ।

अन्य खेलमा इक्वेडरले अन्तिम स्थानमा रहेको भेनेजुएला र चिलीले पाराग्वेलाई समान १–० गोल अन्तरले हराएको छ।

यसअघि, आयोजक कतार, जर्मनी र डेनमार्क विश्वकप खेल्न छनोट भइसकेका छन्।

एपी


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।