देशभर मौसम बद्ली, चिसो बढ्यो, ३ दिनसम्म यस्तै रहने


     एभरेस्ट आवाज    
     कार्तिक २७ गते २०७८ मा प्रकाशित




काठमाण्डौ उपत्यकासहित देशभर चिसो बढेको छ। मौसम बद्ली भएको छ।

हिँजो (शुक्रबार) सम्म आकाश सफा रहेपनि आज (शनिबार) बिहानैदेखि मौसममा बद्ली आएको छ।

वायुमण्डलमा पश्चिमी वायुको प्रभावसँगै जाडोयाम सुरु भएको र मौसममा आंशिक बद्ली भएको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आफ्नोा बुलेटिनमा उल्लेख गरेको छ।

महाशाखाका अनुसार मौसम बद्ली भएपनि पानी नपर्ने तर अबको ३ दिनसम्म मौसम यस्तै रहनेछ ।

बिहान र बेलुका मौसम धुम्मिएर चिसो महसुस हुने गरेको भएपनि दिउँसोपख घाम लाग्ने र केही ठाउँमा कुहिरो लाग्ने महाशाखाले जनाएको छ।
अरु ठाउँमा भने सामान्यतया मौसम सफा नै रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

वायुको अधिकतम र न्यूनतम तापक्रम घट्ने क्रममा रहेकोले चिसोबाट बच्न सामान्य सतर्कता अपनाउनु हुन महाशाखाको अनुरोध छ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।