अर्थमन्त्री जनार्दन शर्मा (प्रभाकर)ले वचनले लोकतन्त्र भन्ने तर कर्मले प्रतिगमन गर्नेहरु प्रति सचेत रहनुपर्नेमा जोड दिएका छन् । प्रेस सेन्टर गण्डकी प्रदेशको दोश्रो अधिवेशनको शनिबार पोखरामा आयोजित उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री शर्माले भने,यहाँ वचनले लोकतन्त्रको मीठा मीठा कुरा गर्छन् तर कर्मले प्रतिगमन गर्ने केपी ओलीहरु छन् । त्यसबिरुद्ध प्रेस सेन्टरसहित सम्पूर्ण प्रेस जगतले भण्डाफोर गर्नुपर्छ’–उनले भने । उनले आदिवासी, जनजाति, दलित, महिला, उत्पीडित समुदायमाथि हुने दमन, विभेद र भ्रष्टाचारबिरुद्ध प्रेसले भण्डाफोरी गर्दै जनपक्षीय पत्रकारिता गर्नुपर्ने औंल्याए । उनले भने,‘मैले नै अत्याचार गरेँ वा भ्रष्टाचार गरेँ भनेपनि भण्डाफोर गर्नका लागि म अपिल गर्दछु ।’
मन्त्री शर्माले प्रतिगमनकारी केहि हदसम्म परास्त भएपनि अहिले फेरी सल्बलाईरहेका बताए । ‘प्रतिगमन गर्नेहरु, संविधान च्यात्न खोज्नेहरु, जनताको उपलब्धी उल्टाउन खोज्नेहरु नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्रलगायतको पाँच दलीय गठबन्धनको आन्दोलनका कारण केहि हदसम्म परास्त भएका छन्, तर फेरीपनि उनीहरु सल्बलाई रहेका छन्, तिनीहरुलाई परास्त गर्न प्रेस जगतले कलम चलाउनुस्’–उनले भने ।
अर्थमन्त्री शर्माले सरकारमा जानका लागि मात्र पाँच दलीय गठबन्धन नबनेको बताए । उनले भने,‘यो गठबन्धन त सरकारमा जानका लागि होइन, लोकतन्त्रको रक्षाका लागि, संविधानको रक्षाका लागि, प्रेस स्वतन्त्रताको रक्षाका लागि गठबन्धन बनेको हो । उनले पूर्ण लोकतन्त्र भनेकै समाजवाद भएको अथ्र्याए । ‘लोकतन्त्र होइन, पूर्ण लोकतन्त्रमा जानुपर्छ, त्यो भनेको समाजवाद हो’–उनले भने । उनले प्रेसमाथि सरकारले अंकुश नलगाउने बताए । उनले भने,‘संघ सरकारले प्रेस माथि अंकुश लगाउँदैन । जहाँ अंकुश लगाउने गरि विधेयक आएको छ, त्योपनि सच्याउनका लागि म आग्रह गर्दछु ।’ प्रदेशमा प्रेसमाथि अंकुश लगाउने खालका विधेयक आएकोप्रति लक्षित गर्दै उनले त्यो सच्याउन आग्रह गरेका हुन् ।
अर्थमन्त्री शर्माले वर्ग संघर्षदेखि जनयुद्धहुँदै शान्ति प्रक्रियामा रुपान्तरण भएर गणतन्त्र ल्याउनेसम्मको नेतृत्व नेकपा माओवादी केन्द्र र त्यसका अध्यक्ष प्रचण्डले गरेको बताए । ती उपलब्धी रक्षा गर्ने कामपनि माओवादी र त्यसका अध्यक्ष प्रचण्डले नै गरिरहेको उनले दाबी गरे । उनले समाजवादको आधार तयार गर्दै त्यहाँसम्मको यात्रा तय गर्ने काममापनि प्रेस जगतले भूमिका खेल्नुपर्नेमा जोड दिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







