फाइल तस्विर : रामचन्द्र पौडेल
काठमाण्डौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेसलाई जनताको भरोसाको पार्टी बनाउनुपर्ने बताएका छन् । उनले जनताको आशा र भरोसाको पार्टी कांग्रेस मात्र भएकाले जनताको विश्वासको कदर गर्दै अगाडि बढ्नुपर्नेमा जोड दिए ।
कांग्रेस जिल्ला कार्यसमिति सिन्धुपाल्चोकद्वारा जिल्ला कार्यसमिति सदस्य तथा इन्द्रावती गाउँपालिकाकी उपाध्यक्ष स्व मिरा अधिकारी लामाको २२औँ पुण्य तिथिमा आयोजित श्रद्वाञ्जलीसभामा नेता पौडेलले जनताको भरोसाको पार्टी बनाउन आशन्न महाधिवेशनले ठूलो भूमिका खेल्ने बताए । उनले आगामी १४औँ महाधिवेशनले सही नेतृत्व चुन्नेमा आफू ढुक्क रहेको बताए । देशलाई रूपान्तरण गर्नुपर्ने आवयश्कता रहेको बताए ।
स्व लामा एक विकास प्रेमी, सुशासन प्रेमी र लोकतन्त्रको हिमायती महिला भएको पौडेलले बताए । -रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


काठमाडौं । ज्ञानले अज्ञानको अन्धकार हटाउने गुरुजनप्रति सम्मान व्यक्त गर्दै आज देशभर…





