फाइल तस्विर
पोखरा । मुस्ताङको कोबाङ क्षेत्रमा हिमपहिरो जाँदा भाग्ने क्रममा ९ जना घाइते भएका छन् । आइतबार दिउँसो मानापाथी हिमालबाट ठूलो हिमपहिरो जाँदा भाग्ने क्रममा ९ जना घाइते भएका हुन् ।
माथिबाट हिमपहिरो खसेपछि डरले भाग्ने क्रममा थासाङ गाउँपालिका– २ को जन आर्दश माविका शिक्षक र विद्यार्थी घाइते भएको प्रहरीले जनाएको छ ।
भागदौडमा ९ जना सामान्य घाइते भएका उनीहरुलाई उपचारका लागि जिल्ला अस्पताल पठाइएको मुस्ताङका प्रहरी प्रमुख डीएसपी रामकुमार दानीले जानकारी दिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


१७ बैशाख, पोखरा ।नेपाल पर्यटन बोर्डको गण्डकी प्रदेशमा प्रदेश स्तरीय कार्यालय छ…






