साङ्केतिक तस्विर
पोखरा । पोखराको फुस्रेखोलामा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका एक जना भारतिय युवकको उपचारका क्रममा मृत्यु भएको छ ।
भारतको राजस्थान घर भई पोखराको गण्डकी मेडिकल कलेजमा प्रथम वर्षमा डाक्टर कोर्ष अध्ययनरत वर्ष २२ का विश्वास पुनीको उपचारका क्रममा मृत्यु भएको हो ।
पोखरा–१७ पावरहाउस नजिकै फुस्रेखोलामा पौडी खेल्ने क्रममा डुबेका उनको खोलाको १० मिटर तलबाट प्रहरीले उद्दार गरी गण्डकी मेडिकल कलेजमा पठाइएकोमा उपचारको क्रममा मृत्यु भएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।
पौडी खेल्ने क्रममा बेपत्ता भएको सूचना पाए लगत्तै पुगेको प्रहरी टोलीले उनलाई खोलामा डुबिरहेको अवस्थामा उद्दार गरेको थियो ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







