प्रिती आलेको ‘नयाँ साथी….’ (भिडियो सहित)


     एभरेस्ट आवाज    
     कार्तिक २८ गते २०७८ मा प्रकाशित



पोखरा । गायिका प्रिती आलेलेको नयाँ गीत ‘नयाँ साथी…’ सार्वजनिक भएको छ । चर्चित लोक तथा दोहोरी गायिका आलेको आधुनिक गीत आफ्नै यूट्युव च्यानल मार्फत सार्वजनिक भएको हो ।

गायिका आलेको शब्द, स्वरमा रहेको गीतमा माया प्रेमको भाव व्यक्त गरिएको छ । गीतको संगित संयोजन बिशाल गुरुङले गरेका हुन् । यस्तै गीतमा मिक्सिङ एचबीएन किस्मत, विमल छिनालले रेकर्ड गराएका हुन् ।

पोखरा र घान्द्रुकमा गीतको भिडियो छायाङ्कन गरिएको भिडियोमा गायिका आले, सन्तोष पौडेल, राजन पाण्डे, बिबेक क्षेत्री, हरिप्रसाद रेग्मी, बिक्रम गुरुङ, रवि श्रेष्ठ, प्रकाश अधिकारी लगायतलाई देख्न सकिन्छ ।

भिडियोको निर्देशन स्वयम् आलेले गरेकी हुन् भने गीतको भिडियो गणेश सापकोटाले खिचेका हुन् ।

हालै सार्वजनिक भएको गीतमा दर्शकका सकरात्मक प्रतिक्रियाहरुले हौषला मिलेको र दर्शकको मन जित्नेमा आफूहरु आशावादी रहेको निर्माण पक्षले दावी गरेको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे ः यस एभरेष्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।