मुस्ताङमा फेरि हिम पहिरो जाने जोखिम रहेकाले सतर्क रहन त्यहाँको जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ।
मुस्ताङको थासाङ गाउँपालिका वडा नम्बर २ को कोवाङमा आइतबार बिहान ११ बजेर २० मिनेटमा निकै ठूलो हिम पहिरो गएको थियो।
अझैपनि त्यो क्षेत्रमा बाक्लो हिउँका ढिस्कोहरु रहेकाले फेरि हिउँ पग्लिएर खस्ने खतरा रहेकोले मुस्ताङको जिल्ला प्रशानले सतर्क गराएको हो।
हिम पहिरो खस्दा तीव्र गतिमा आउने हावाको वेगले बस्तीमा असर गर्न सक्ने भएकाले सावधानी अपनाइएको प्रशासनको भनाई छ। हिम पहिरो गएर भागदौड मच्चिँदा २ जना शिक्षक, १ जना विद्यालयका कर्मचारी र ८ जना विद्यार्थी घाइते भएका छन्।
मानापाथी हिमालको फेदी थासाङ गाउँपालिका–२ को जनआदर्श माविका शिक्षक र विद्यार्थी घाइते भएका हुन्। यस्तै, हिमपहिरो खसेको क्षेत्र नजिकै चौँरीको चरन क्षेत्र भएकाले हिम पहिरोमा केही चौँरी परेको हुनसक्ने अनुमान गरिएको छ।
चौँरीको खोजीका लागि टोली खटिसकेको मुस्ताङको प्रशासनले जनाएको छ। विज्ञहरुका अनुसार जलवायु परिवर्तनका कारण हिम पहिरो गएको हुन सक्छ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







