पोखरा । गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा ५७ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् ।
सोही अवधीमा २६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि र संक्रमणबाट एक जनाको मृत्यु भएको स्वास्थ्य निर्देशनालय, प्रदेश स्वास्थ्य आपत्कालीन कार्य सञ्चालन केन्द्र, गण्डकी संयोजक नवराज शर्माले जानकारी दिए ।
संक्रमणबाट स्याङ्जाको पुतली बजार नगरपालिका – ८ का ६९ वर्षिय पुरुषको मृत्यु भएको छ । यो सहित हालसम्म प्रदेशभर संक्रमणबाट ज्यान गुमाउनेको संख्या १ हजार ४०३ पुगेको छ ।
अब प्रदेशमा होम आइसोलेसनका २९२ सहित ३२७ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


बाँधमा बाढी पसेपछि म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा रहेको रेलेखोला जलविद्युत् आयोजना बन्द…







