नेपाल बन्दमा ठप्प पोखरा …

- २ बन्दकर्ता पक्राउ, पोखरा लगायत कास्कीको दर्जन भन्दा बढि ठाउँमा आगो बल्यो


     एभरेस्ट आवाज    
     कार्तिक ३० गते २०७८ मा प्रकाशित




नेपाल बन्दमा पोखराको पृथ्वीचोक। तस्बीरः सुदर्शन रञ्जित

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा (माओवादी) ले आब्हन गरेको नेपाल बन्दमा पोखरा समेत ठप्प बनेको छ।

बन्दमा नेकपा (माओवादी) का दुई कार्यकर्ता पक्राउ परेका छन्। पार्टीको कास्की जिल्ला कार्यालय सचिव काजी गुरुङ र पीएन क्याम्पस विद्यार्थी नेता युवराज मगर पोखराको छोरेपाटनबाट बिहानै पक्राउ परेको कास्की जिल्ला ईञ्चार्ज उमा भुजेलले जानकारी दिएकी छन्।

बन्दलाई सफल बनाउन हिँड्दा उनीहरु पक्राउ परेका हुन्। भुजेलले पक्राउ परेका पार्टीका कार्यकर्तालाई तत्काल रिहा गर्न माग गरेकी छन्। पेट्रोलियम पदार्थ लगायत अत्यावश्यक खाद्यान्नमा निरन्तर चर्को मूल्यबृद्धि गरेपछि आब्हन गरिएको नेपाल बन्दलाई सफल बनाउन सबैमा आग्रह समेत आग्रह गरैकी छन्।

बन्द सफल बनाउन बन्दकर्ताले विहानैदेखि पोखराको मुख्य सडक तथा चोकचोकमा टायर बालेका छन्। पोखराको छोरेपाटन, बागलुङ बसपार्क, नयाँबजार, रंगशाला गेट अगाडि, तल्लो गगगनगौंडा, जिल्लाको रुपा र मादीमा टायर बालेको खबर छ।

बन्दमा पोखरा ठप्प छ। विहानैदेखि सवारी साधनहरु चलेका छैनन्। पसलहरु खुलेका छैनन्। अस्पताल, एम्बुलेन्स, तरकारी र दग्धजन्य सवारीका साधन संचालनमा भने बन्दकर्ताले अवरोध गरेका छैनन्।

आजको बन्दलाई सफल बनाउन पार्टीले काठमाण्डौं, पोखरालगायत देशभरका मुख्य मुख्य शहरहरुमा मशाल जुलुस निकालेको समाचार छ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।