रोमाञ्चक खेलमा नवलपुर एक विकेटले विजयी


     एभरेस्ट आवाज    
     कार्तिक ३० गते २०७८ मा प्रकाशित




पोखरा । पोखरा रंगशालामा जारी वाई वाई यु–१९, गण्डकी प्रदेश क्षेत्रिय छनौंट क्रिकेट प्रतियोगिता अन्तर्गत मंगलबारको खेलमा नवलपुर विजयी भएको छ । रोमान्चक खेलमा नवलपुरले कास्कीलाई १ विकेटले पराजित गरेको हो ।

नवलपुरले टस जितेर कास्कीलाई व्याटिङ्गको निम्तो दिएपछि कास्कीले ४० ओभरमा सम्पूर्ण विकेट गुमाउँदै १ सय ३६ रन बनायो । कास्कीको तर्फबाट सिविन श्रेष्ठले ३४, सुवास भण्डारीले २७ तथा आयुष सैंजुले २५ रन जोडे । कास्कीलाई सस्तैमा समेट्न नवलपुरका बलहरु सुदिप अर्यालले ३ तथा निश्चल भुषाल, कमल परियार र स्विकार श्रेष्ठले समान २/२ विकेट लिए ।

प्रत्युत्तरमा १ सय ३७ रनको लक्ष्य पछ्याएको नवलपुलाई जितका लागि अन्तिम बल सम्म कुर्न प¥यो । म्यान अफ द म्याच दिपक प्रसाद डुम्रेले अभिजित ४६ रन जोड्दै टिमलाई जितको बाटो देखाएका हुन् । त्यस्तै भुपेन पुनले २१ रन जोडे । कास्कीका बलरहरु सुवास भण्डारीले ३ विकेट लिए भने किरण पौडेल, नितेस गिरी, अभिषेक थापा र प्रमोद बाँस्तोलाले १/१ विकेट बाँडे ।

खेलमा ४६ रन बनाएका नवलपुरका दिपक म्यान अफ द म्याच भए । नेपाल क्रिकेट संघका केन्द्रिय सदस्य ऋषिराम गौतमले उनलाई म्यान अफ द म्याच ट्रफि प्रदान गरेका थिए ।

प्रतियोगितामा बुधबार स्याङ्जा र तनहुँविच प्रतिस्पर्धा हुने आयोजक क्षेत्रिय क्रिकेट संघ गण्डकी प्रदेशले जानकारी दिएको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।