प्रेस चौतारी कास्कीको अधिवेशन मंसिर ३ गते


     एभरेस्ट आवाज    
     कार्तिक ३० गते २०७८ मा प्रकाशित




पोखरा । प्रेस चौतारी नेपाल कास्कीको अधिवेशन यहि मंसिर ३ गते पोखरामा हुने भएको छ ।

प्रेस चौतारी कास्कीका अध्यक्ष अर्जुन गिरीको अध्यक्षतामा मंगलबार बसेको बैठकले अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको जनाईएको छ । चौतारीका देशभरका शाखाहरु मध्ये कास्कीले उदहारणीय सन्देश दिनेगरी अधिवेशन सम्पन्न गरिने बैठकले निर्णय गरेको छ ।

अधिवेशन सफल पार्नका लागि अध्यक्ष गिरीको संयोजकत्वमा विभिन्न उपसमितिहरु गठन गरी कार्य अघि बढाईएको छ । सदस्यता नविकरण उप समितिमा संयोजकमा रञ्जन अधिकारी, आर्थिक उप समितिमा कमल सुवेदी, प्रचारप्रसार उपसमिति संयोजकमा जीवन सुवेदी, मञ्च व्यवस्थापन उपसमितिमा दिपक पौडेल र आन्तरिक व्यवस्थापन उपसमिति संयोजकमा गौरव त्रिपाठी रहेका छन् ।

लामो समयदेखि हुन नसकेको चौतारीको अधिवेशनले नयाँ नेतृत्व समेत चयन गर्नेछ । आगामी नेतृत्वका लागि सर्वसम्मतको प्रयास गर्ने समेत बैठकले निर्णय गरेको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।