काठमाण्डौं । नेपालीका लागि आकर्षक श्रम गन्तव्यका रूपमा रहेको इजरायलले नेपाली श्रमिकलाई थप रोजगारीका अवसर सिर्जना गर्न सकारात्मक रहेको जनाएको छ ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठसँग आज नेपालका लागि इजरायली राजदूत हनान गोदरले भविष्यमा ‘केयर गिभर’बाहेक अन्य पेशागत क्षेत्रमा पनि नेपालीलाई रोजगारीको अवसर प्रदान गर्न तयार रहेको बताए ।
भेटमा मन्त्री श्रेष्ठले इजरायलका अन्य पेशागत क्षेत्रमा समेत नेपालीलाई रोजगारीको अवसरका लागि पहल गरिदिन आग्रह गर्नुभएको श्रम मन्त्रालयले जनाएको छ । अहिले करिब १२ हजार नेपाली कामदार इजरायलमा कार्यरत छन् । सन् २०२० मा भएको श्रम सम्झौताअनुसार नेपाली नागरिकलाई इजरायलको दीर्घकालीन सेवा केन्द्रमा सहायक कामदारको रूपमा एक हजार १७५ जनालाई इजरायलले रोजगारी प्रदान गरेको छ ।
केयर गिभरमा इजरायल जानका लागि भाषा पास गरेकाहरू छिट्टै रोजगारीका लागि इजरायल जाँदैछन् । योग्यता प्रणालीअनुरूप रोष्टरमा रहेका बाँकी ४२५ जनालाई समेत रोजगारीको अवसर दिन नेपालले आग्रह गरिरहेको छ । – रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


काठमाडौं । ज्ञानले अज्ञानको अन्धकार हटाउने गुरुजनप्रति सम्मान व्यक्त गर्दै आज देशभर…





