नेपाली महिला क्रिकेट टोलीले अन्तर्राष्ट्रिय टी–२० क्रिकेटमा कतारविरुद्ध ११९ रनको जित निकालेको छ।
कतारको राजधानी दोहामा मंगलबार सम्पन्न खेलमा पहिले ब्याटिङ गरेको नेपाली टोलीले कतारलाई १४७ रनको लक्ष्य दिएको थियो।
सो लक्ष्य पछ्याउने क्रममा कतारी टिम ११.५ ओभरमै जम्मा २७ रन बनाएर अलआउट हुन पुग्यो। खेलमा रुबिना क्षेत्री एक्लैले ३ विकेट लिइन् भने कविता कुँवर र सीता राना मगरले २÷२ तथा करुणा भण्डारीले १ विकेट लिइन्।
यसअघि ब्याटिङतर्फ नेपालकी इन्दु बर्माले ५५ रनको योगदान दिइन्। उनी खेलको ‘वुमन अफ दि म्याच’ समेत बनिन्। उनले ५ चौकासहित ५५ रन बनाएकी थिइन्। यस्तै, सीता रानामगरले ३९ र सरिता मगरले २१ रन बनाउँदा कविता कुँवरले ८ तथा काजल श्रेष्ठले ३ रनको योगदान दिइन्।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


काठमाडौं । ज्ञानले अज्ञानको अन्धकार हटाउने गुरुजनप्रति सम्मान व्यक्त गर्दै आज देशभर…





