फिफा विश्वकप छनोटमा ब्राजिल र अर्जेन्टिनाले बराबरी खेलेका छन्।
बुधबार बिहान भएको खेलमा ब्राजिल र अर्जेन्टिना गोलरहित बराबरी खेलेका हुन्।
अर्जेन्टिनाको घरेलु मैदानमा दुबै टोलीले पाएको केही राम्रा मौकालाई सदुपयोग गर्न सकेनन्। बल पोसेसनमा पकड जमाएपनि अर्जेन्टिनाले ब्राजिलको डिफेन्सलाई तोड्न सकेन।
यो बराबरीसँगै अर्जेन्टिनाले विश्वकपमा छनोट भएको छ। ब्राजिल पनि यसअघि नै विश्वकपमा छनोट भइसकेको छ। अब दक्षिण अमेरिकीबाट बाँकी ३ टोली छनोट हुन बाँकी छ।
ब्राजिलले १३ खेलमा ३५ अंक जोड्दै समूहको शीर्ष स्थानमा रहेको छ। १३ खेलबाट २९ अंक जोडेको अर्जेन्टिना दोस्रो स्थानमा रहेको छ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







