गण्डकी प्रदेशमा कार्यवाहक मन्त्री लेखेको विषयलाई प्रदेश सरकारले अराजकताको संज्ञा दिएको छ । गण्डकी प्रदेशका युवा तथा खेलकुद मन्त्री राजिव गुरुङ उर्फ दीपक मनाङेको कार्यकक्षमा उनका सहयोगी रोनित गुरुङले कार्यवाहक मन्त्री लेखेको विषयलाई सरकारका प्रवक्ता तथा भौतिक पूर्वाधार मन्त्री कुमार खड्काले अराजकताको संज्ञा दिएका हुन् । ‘जहाँसम्म कार्यवाहक मन्त्री भनेर बोर्ड राख्नुभो, त्यो एक प्रकारको अराजकता, अपरिपक्वता र बचपना हो’–उनले भने । उनले यस प्रकारको अराजकता कुनैपनि हालतमा स्वीकार्य नभएको बताए ।
सरकारका प्रवक्ता खड्काले मन्त्री गुरुङका सहयोगीले कार्यवाहक लेखेका बेला मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल पोखरा बाहिर रहेकाले आफूले तत्कालै सो बोर्ड हटाउन आग्रह गरेको बताए । उनले भने,‘मुख्यमन्त्रीको फोन स्वीचअफ भएकाले सरकारका प्रवक्ताका हिसाबले सो विषयमा सम्बन्धित व्यक्तिलाई त्यस्ता गतिविधि पूर्णतया गैरकानूनी छ, यसले तपाईंलाई, तपाईंको माननीय मूख्यमन्त्रीजीलाई अप्ठेरोमा पार्छ, यो कानूनी राज्यको उपहास हो, त्यसकारणले तपाईंले जे गर्नुभएको छ, त्यो तत्काल निकाल्नुस, यसले राम्रो गर्दैन भनेको थिएँ ।’ त्यसलगत्तै आफूले मन्त्री गुरुङलाई फोन नउठेकाले तत्कालै मुख्यमन्त्रीलाई जानकारी गराएको र मुख्यमन्त्रीले मन्त्री गुरुङलाई फोन गरेर विषयबारे जानकारी लिएको उनको भनाई छ । त्यसबेला मन्त्री गुरुङले मुख्यमन्त्रीलाई दिएको जवाफबारे उद्धृत गर्दै उनले भने‘मेरो जानकारीमा भएको कुरा होइन, जो व्यक्तिलाई मैले विश्वास गरेँ उनले आफ्नो सीमा र अधिकार क्षेत्र भन्दा बाहिर गएर गरे त्यसका लागि म एकदमै दुःखी छु ।’ मन्त्री गुरुङले आगामी दिनमा त्यस्ता हर्कत दोहोरिन दिन्न भनेर मुख्यमन्त्रीसँग प्रतिबद्धता जनाएको उनको दाबी छ ।
सरकारका प्रवक्ता तथा मन्त्री खड्काले कार्यवाहक मन्त्री लेख्ने कुरालाई सरकारले कुनै एउटा व्यक्तिको बचपना हर्कतका रुपमा बुझेको बताए । उनले यस्ता गतिविधि दोहोरिदा सरकारलाई असर गर्ने बताए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







