कास्की कांग्रेसले रोक्यो भड्किलो प्रचार


     एभरेस्ट आवाज    
     मंसिर १ गते २०७८ मा प्रकाशित




नेपाली काँग्रेस कास्कीले अधिवेशनको बेला हुने भड्किलो प्रचारलाई रोक लगाएको छ । कास्की काँग्रेसका सभापति कृष्ण केसीको अध्यक्षतामा मङ्गलबार बसेको बैंठकले त्यस्तो निर्णय गरेको हो । यो निर्णयसँगै अब कुनै पनि उम्मेद्वारले भड्किलो गरी प्रचार सामग्रीको प्रयोग गर्न नपाउने कास्की काँग्रेसका प्रवक्ता नवीन सिग्देलले जानकारी दिए ।

उम्मेद्वारले आफ्नो परिचयका लागि व्यक्तिगत रुपमा एउटा मात्रै सामग्री घाँटीमा झुन्ड्याउन सक्ने छन्, प्रवक्ता सिग्देलले भने, त्यसबाहेकका भड्किलो गरी अन्य प्रचार सामग्रीको प्रयोग गर्न पाइने छैन ।
त्यस्तै, निर्वाचनस्थलमा उम्मेद्वारसँग सम्वन्धित प्लेकार्ड र पर्चा वितरण गर्न पनि पाइने छैन भने व्यानर प्रदर्शनलाई समेत रोक लगाइएको छ । पार्टीको आन्तरीक निर्वाचनलाई स्वच्छ, मर्यादीत र भड्किलोरहित बनाउन पार्टीले त्यस्तो निर्णय गरेको प्रवक्ता सिग्देलको भनाइ छ । बैठकले कार्यसमितिका ११ जना आमन्त्रित सदस्यलाई पूर्ण सदस्यमा मनोनयन गरेको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।