यु–१९ छनौंट क्रिकेटमा स्याङ्जाको दोश्रो जित


     एभरेस्ट आवाज    
     मंसिर २ गते २०७८ मा प्रकाशित




पोखरा । पोखरा रंगशालामा जारी वाई वाई यु–१९ क्षेत्रिय छनौंट क्रिकेट प्रतियोगितामा स्याङ्जाले दोश्रो जित निकालेको छ । बिहीबार भएको खेलमा स्याङ्जाले नवलपुरमाथि ८ विकेटको जित निकालेको हो ।

खेलमा टस जितेर व्याटिङ्ग गरेको नवलपुरले २२ ओभर १ बलमा आफ्नों सम्पूर्ण विकेट गुमाएर मात्रै ५० रन बनाएको थियो । जितका लागि ५१ रन पछ्याएको स्याङ्जाले ७.४ ओभरमा २ विकेट गुमाउँदै लक्ष्य पार गरेको हो । स्याङ्जाको जितमा नायक सावित भएका सन्देश सुनारले ८ ओभर बलिङ्ग गर्दै १२ खर्चिएर महत्वपूर्ण ४ विकेट लिए । उनी खेलको म्यान अफ द म्याच भएका थिए । त्यस्तै, विपिनराज न्यौपानेले ३, विष्णु पाण्डेले २ तथा सन्दिप खत्रीले १ विकेट लिए ।

नवलपुरको व्याटिङ्गमा गोविन्द विकले २३ रन बनाए भने अन्य व्याट्स्म्याले दोहोरो आँकडाको योगफल पनि तयार पार्न सकेनन् । ५१ रनको सामान्य लक्ष्य पछ्याउने क्रममा स्याङ्जाका ब्याट्स्म्यान सुजन गौतमले २०, सन्दिप खत्रीले १४ तथा करण पंगेनीले ११ रन जोडे । नवलपुरका बलर सुदिप अर्याल र स्विकार श्रेष्ठले १÷१ विकेट लिए ।

स्याङ्जाले यसअघि तनहुँमाथी जित हाँसिल गरेको थियो ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।