नेपाली महिला क्रिकेट टीमको कतारविरुद्धको टी–२० श्रृंखलामा क्लिन स्वीप


     एभरेस्ट आवाज    
     मंसिर ३ गते २०७८ मा प्रकाशित




नेपाली महिला क्रिकेट टीमले कतारविरुद्धको टी–२० श्रृंखलामा क्लिन स्वीप गरेको छ।

नेपालले कतारको टीमलाई ३ वटै खेलमा पराजित गरेको हो।

बिहिबार खेलेको श्रृंखलाको तेस्रो तथा अन्तिम खेलमा नेपालले कतारलाई १०९ रनको विशाल अन्तरले पराजित गरेको हो।
नेपाल पहिलो खेलमा मंगलबार ११९ र दोस्रो खेलमा बुधबार ६१ रनले विजयी बनेको थियो।

आजको खेलमा नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीले तेस्रो टी–२० खेलमा कतारसामु १६५ रनको लक्ष्य प्रस्तुत गरेको थियो।
जवाफी ब्याटिङमा उत्रिएको कतारको टीम २० ओभरमा ७ विकेट गुमाउँदै ५५ रनमा सीमित बन्यो।

नेपालका सबनम राई, सरस्वती कुमारी तथा रुबिना क्षेत्रीले १÷१ विकेट लिए भने कतारका ४ जना खेलाडीहरु रन आउट भए।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।