विश्वभर कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ५१ लाख ४६ हजार नाघेको छ।
पछिल्लो २४ घण्टामा ७ हजार ४ सय ८२ संक्रमितको मृत्यु भएसँगै मृतकको संख्या ५१ लाख ४६ हजार ७८ पुगेको हो।
वल्र्डोमिटरको तथ्यांकअनुसार रुसमा थप १ हजार २ सय ५१, अमेरिकामा १ हजार ४२, ब्राजिलमा २ सय ७९, टर्कीमा २ सय २६ र बेलायतमा १ सय ९९ संक्रमितको मृत्यु भएको हो।
यही अवधिमा ५ लाख ४६ हजार ७८ जना संक्रमित थपिएका छन् भने ४ लाख ३ हजार ७ सय ४२ जना संक्रमणमुक्त भएका छन्।
अमेरिकामा ९० हजार ५ सय २५, बेलायतमा ४६ हजार ८ सय ७, रुसमा ३७ हजार ३ सय ७४, टर्कीमा २२ हजार २ सय ३४ र ब्राजिलमा १२ हजार ३ सय १ संक्रमित थपिएका हुन्।
योसहित कुल संक्रमितको संख्या २५ करोड ६२ लाख ९६ हजार ३ सय २० पुगेको छ।
त्यसैगरी अमेरिकामा ५८ हजार २ सय ९६, रुसमा ३६ हजार ८ सय ९४, बेलायतमा ३३ हजार ८ सय ९४, टर्कीमा २९ हजार ५ सय ३८ र ब्राजिलमा १२ हजार ९७ संक्रमित थप निको भएका हुन्।
यससँगै विश्वभर निको हुनेको संख्या २३ करोड १५ लाख २ हजार ३ सय ३७ जना निको भइसकेका छन्।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


बाँधमा बाढी पसेपछि म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा रहेको रेलेखोला जलविद्युत् आयोजना बन्द…







