आजबाट सहिद स्मारक ‘ए’ डिभिजन फुटबल लिग सुरु


     एभरेस्ट आवाज    
     मंसिर ३ गते २०७८ मा प्रकाशित




सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल आज (शुक्रबार)बाट सुरु हुँदैछ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने उद्घाटन खेलमा सातदोबाटो युथ क्लब र फ्रेन्ड्स क्लबबीच प्रतिस्पर्धा हुनेछ।

उद्घाटन खेल फ्लड लाइटमा खेलाइने एन्फाले जनाएको छ। उक्त खेल अपरान्ह पौने ५ बजे सुरु हुनेछ। दोस्रो दिनबाट हरेक दिन २ खेलहरू हुनेछन्। कुल ९१ खेल हुने लिगमा ‘ए’ डिभिजनका १४ क्लबले प्रतिस्पर्धा गर्नेछन्। यस पटकको लिगको पुच्छारका २ टिम रेलिगेसनमा पर्दै ‘बी’ डिभिजनमा झर्नेछन्।

अघिल्लो सिजनको उपाधि मछिन्द्र क्लबले जितेको थियो। यस पटकको लिग विजेताले ७५ लाख पुरस्कार पाउनेछ। यस्तै, उपविजेताले ५० लाख र तेस्रो हुने टिमले २५ लाख पाउने छ। हरेक खेलको विजेताले ५० हजार पाउनेछन्। खेल बराबरीमा सकिए दुवै टोलीले २५÷२५ हजार पाउनेछन्।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।