फाइल तस्बीर
एकाएक मौसम बदलिएपछि पोखरासहित देशभर चिसो बढेको छ।
हिँजोदेखि बदलिएको मौसम आज (शुक्रबार) पनि देशभर कायम रहनेछ।
देशका अधिकांश भू–भागहरुमा चिसो बढ्ने क्रममा रहेको र तुवालोको कारणले पारदर्शितमा समेत कमी आउन सक्ने देखिएकोले सडक तथा हवाइ यातायत क्षेत्रमा समेत सामान्य प्रभाव पर्ने हुनाले आवश्यक सतर्कता अपनाउन मौसम विभागको पूर्वानुमान महाशाखाले आग्रह गरेको छ।
अरब सागरमा बनेको निम्न चापिय क्षेत्रको आंशिक प्रभाव नेपालमा रहेको छ। जसकाकारण देशका अधिकांश भू–भागहरुमा वदली भै देशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरुमा हल्कादेखि मध्यम हिमपातको संभावान रहेको जल तथा महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार आज (शुक्रबार) प्रदेश नं १ मा आंशिकदेखि सामान्य बदली भई बांकी प्रदेशहरुमा सामान्यतया बदली रहेको छ।
त्यस्तै, बाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्का वर्षाको संभावना रहेको छ भने उच्च पहाडी भेगमा वर्षासहित हिमपात र हिमाली भेगमा हल्का हिमपातको संभावान रहेको महाशाखाले जनाएको छ।
आज राति सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी प्रदेश र वाग्मती प्रदेशमा सामान्य बदली रही बाँकी प्रदेशमा आंशिकदेखि सामान्य बदली भई हल्का वर्षाको संभावना रहेको छ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, असार १० पोखरामा असार १४ गते रोपाईं महोत्सव हुने भएको…






