एभरेस्ट एफ.एमले रक्तदान गर्ने


     एभरेस्ट आवाज    
     मंसिर ३ गते २०७८ मा प्रकाशित




पोखरा । एभरेस्ट एफ एम पोखराले स्थापनाको पहिलो वर्ष पुरा गरेको अवसरमा रक्तदान कार्यक्रम गर्ने भएको छ ।

एभरेस्ट मिडिया हाउसद्वारा सञ्चलित एभरेस्ट एफ एम ९३ मेगाहर्जले आफ्नो प्रथम वार्षिकोत्सवको अवसरमा यहि मंसिर ११ गते रक्तदान कार्यक्रम आयोजना गर्ने भएको हो।

एभरेस्ट एफएमको कार्यालय पोखरा–५ पस्र्याङमा शनिबार बिहान ७ बजेबाट शुरु हुने कार्यक्रम सम्पन्न गर्न रेडियोका निर्देशक दीपेन्द्र श्रेष्ठको संयोजकत्वमा विभिन्न ११ उपसमिति गठन गरिएको छ ।

जसमा संघ–संस्था समन्वयमा सन्देश श्रेष्ठ, स्वास्थ्य समन्वयमा दीपेन्द्र श्रेष्ठ, स्वागत तथा अतिथि सत्कार, प्रमाणपत्र लेखन तथा वितरणमा प्रा.डा. बलराम उपाध्याय रेग्मी र दिलिप श्रेष्ठ, प्रचार प्रसारमा शशी पौडेल, स्वयमसेवक परिचालनमा जुना थापा र रेजिना कटुवाल, प्राविधिक संयोजनमा दिल प्रसाद गुरुङ, प्रायोजन व्यवस्थापनमा भोलाकुमार श्रेष्ठ, रजिस्ट्रेसनमा नारायण शाही, फ्रुट व्यवस्थापनमा जमुना तिमिल्सिना र टेन्ट व्यवस्थापनमा सरोज पौडेल रहने गरि उपसमिति गठन गरिएको रेडियोका प्रवन्ध निर्देशक दीपेन्द्र श्रेष्ठले जानकारी दिए ।

मंसिर महिनामा रक्तदानका कार्यक्रमहरु कम हुने हुँदा रगतको अभाव हुने र आफूहरुको वार्षिकोत्सव पनि पर्ने भएकाले सामाजिक उत्तरदायित्व बहन अन्तर्गत अबदेखि यसलाई वार्षिक कार्यक्रम अन्र्तगत नै अगाडी बढाइने निर्देशक श्रेष्ठले बताए ।

१७ देखी ६० वर्ष उमेर समूहका ४५ केजी भन्दामाथि तौल भएका कुनै पनि दिर्घरोगको औषधी सेवन नगरेका संक्रामक रोग नलागेका स्वस्थ व्यक्तिले रक्तदान गर्न सक्ने छन् ।

रक्तदान गर्नाले शरिरमा नयाँ रक्तकोष उत्पादन भई स्वास्थ्य प्राप्ति हुने, हृदयघात र क्यान्सरको खतरा कम हुने, क्यालोरि कम भई शरिरको तौल घटाउन सघाउने लगायतमा फाइदा हुने विज्ञहरुको भनाई छ ।

यसका साथै रगतको विकल्प रगत मात्र भएकाले संकटमा परेकाहरुको जीवन बचाई खुशी दिलाउने र सामाजिक दायित्व निर्वाह गराई आत्म सन्तुष्टि प्रदान गर्नपनि रक्तदानको महत्व छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।