बिष्णुप्रसाद देवकोटाको अध्यक्ष रहेको अखिल नेपाल पर्यटन मजदुर संघ गण्डकी प्रदेश कमिटी गठन गरिएको छ।
पोखरामा शुक्रबार सम्पन्न संघको पहिलो गण्डकी प्रदेश सम्मेलनले देवकोटालाई अध्यक्षमा सर्वसम्मत निर्वाचित गरेको हो।
त्यस्तै, उपाध्यक्षहरुमा दीलिप आचार्य र मानबहादुर गुरुङ, सचिवमा लिलाधर आचार्य र कोषाध्यक्षमा अमृत भट्टराईलाई निर्वाचित गरेको छ।
सदस्यहरुमा महेन्द्र भुजेल, सन्तोष श्रेष्ठ, फुर्वा शेर्पा, ब्रधलाल गुरुङ, बाबुराम बि.क., गंगा राई, सन्दीप बि.क., कैलास गुरुङ र योहान तामाङ निर्वाचित भएका छन्। सल्लाहकारमा सन्दीप गुरुङ छन्।
त्यस्तै, कुलबहादुर तामाङ (टाइगर) को नेतृत्वमा संघको जिल्ला कमिटी गरिएको छ। जसको उपाध्यक्षहरुमा लालप्रसाद छन्त्याल र बिक्रम बस्नेत, सचिवमा गोपाल तामाङ र कोषाध्यक्षमा कृष्णप्रसाद पौडेल छन्।
सदस्यहरुमा शम्भु घले, शुकबहादुर गुरुङ, गोपी भट्टराई, राजकुमार राई, विपिन घिमिरे, निरबहादुर मगर, सुकलाल घले, सुरेस दमै र धनबहादुर मगर निर्वाचित भएका छन्।
त्यस्तै, संघको पोखरा महानगर कमिटीको अध्यक्षमा कृष्णप्रसाद भट्टराई चयन भएका छन्। जसको उपाध्यक्षहरुमा उत्तरकुमार राई र निमा शेर्पा, सचिव विश्व क्षत्री, सह–सचिव राजन राई र कोषाध्यक्षमा कर्ण राई निर्वाचित भएका छन्।
सदस्यहरुमा भिमराज भट्टराई, हर्क नेपाली, सुवास बि.क., भक्ति छन्त्याल र गणेश राई लगायत निर्वाचित भएका छन्।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







