अस्ट्रियाले भोली (सोमबार)देखि पूर्ण लकडाउन गर्ने


     एभरेस्ट आवाज    
     मंसिर ४ गते २०७८ मा प्रकाशित



युरोपेली मुलुक अस्ट्रियाले सोमबारदेखि पूर्ण लकडाउन गर्ने घोषणा गरेको छ ।

कोभिड १९ विरुद्धको खोप नलगाएका मानिसहरूलाई लकडाउन गरेको केही दिनपछि अस्ट्रियाले सबैको लागि लकडाउन गर्ने घोषणा गरेको हो।

चान्सलर एलेक्जेन्डर सालेनबर्गले लकडाउन धेरैमा २० दिन सम्ममा अन्त्य हुने र २०२२ को फेब्रुअरी १ बाट खोप लगाउनु कानूनी आवश्यकता हुने बताए।

अस्ट्रिया पश्चिम युरोपमा कम खोप लगाउने देशमा पर्छ । कोभिड संक्रमण बढ्न थालेपछि उसले यस्तो कदम चालेका हुन्।
संक्रमणमा वृद्धि भएकाले अरू धेरै यूरोपेली देशहरूले प्रतिबन्धहरू लागु गर्दैछन्।

‘हामी पाँचौँ लहर चाहँदैनौ,’ अस्ट्रियाको ९ वटा प्रान्तका गभर्नरहरूसँग छलफल गरेपछि सालेनबर्गले भने।

पछिल्लो तथ्यांकहरूले गत हप्ता प्रति १ लाखमा करिब ९ सय ९० जनालाई कोभिड संक्रमण भएको देखाउँछन्।

स्वास्थ्यमन्त्री वुल्फग्याङ मक्सटेइनले लकडाउन गर्नु ‘अन्तिम उपाय’ भएको बताए । अस्ट्रियाली नागरिकलाई घरबाटै काम गर्न, कम आवश्यक पसलहरू बन्द गर्न र भौतिक उपस्थितिमा हुने बालबालिकाको सिकाइको लागि विद्यालयहरू खुला नै राख्न भनिएको छ। लकडाउन डिसेम्बर १२ सम्म हुनेछ तर १० दिनपछि पुनः मूल्यांकन गरिनेछ।

यसैबीच, स्लोभाकियाका प्रधानमन्त्री एडुआर्ड हेगेरले पनि खोप नलगाएका मानिसहरूको लागि सोमबारदेखि लकडाउन गर्ने घोषणा गरेका छन्। यस्तै, चेक सरकारले पनि थुप्रै सेवाहरूलाई कटौती गर्दैछ। नेदरल्याण्डले गत सातादेखि आंशिक लकडाउन सुरु गरेको छ।

जर्मन नेताहरू पनि उच्च कोभिड अस्पताल लगायतका क्षेत्रहरूमा प्रतिबन्धहरू लागू गर्न सहमत भएका छन्। यसले जर्मनीको १६ मध्ये १२ राज्यहरूलाई प्रभावित गर्नेछ। यो हिउँदमा पूर्ण लकडाउन गर्ने अस्ट्रिया युरोपको पहिलो देश हो।

बीबीसी


सर्बाधिकार सुरक्षित गरिएको बारे ः यस एभरेष्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।