तस्बीरः एन्फा
सहिद स्मारक ‘ए’ डिभिजन लिग सुरु भएको छ।
यससँगै कोभिड १९ महामारीले थलिएको फुटबल नेपालमा लामो समयपछि फर्किएको छ।
यसअघि, फुटबलका केही खेल भएपनि घरेलु लिग भने खासै सुरु हुन सकेका थिएनन्।
लिगको पहिलो खेलमा फ्रेन्ड्स क्लब र सातदोबाटो युथ क्लबले गोलरहित बराबरी खेल्यो। दशरथ रंगशालामा भएको खेलमा सातदोबाटो तुलनात्मक रुपमा बलियो देखिए पनि गोल गर्न भने सकेन।
बराबरीसँगै दुवै टिमले १/१ अंक बाँडेका छन्। लिगमा आज (शनिबार) २ खेल हुनेछन्। पहिलो खेलमा हिमालयन शेर्पा क्लबले संकटा क्लबको सामना गर्नेछ। दोस्रो खेलमा थ्री स्टार क्लब र च्यासल युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







