उपराष्ट्रपति कमला ह्यारिस राष्ट्रपतिको अधिकार प्राप्त गर्ने पहिलो अमेरिकी महिला


     एभरेस्ट आवाज    
     मंसिर ४ गते २०७८ मा प्रकाशित



अमेरिकी उपराष्ट्रपति कमला ह्यारिस राष्ट्रपतिको अधिकार (केही समयका लागि) प्राप्त गर्ने पहिलो महिला बनेकी छन्।

राष्ट्रपति जो बाइडेन उपचारका लागि भर्ना हुँदा ह्यारिसले राष्ट्रपतिको अधिकार प्राप्त गरेकी हुन्।

राष्ट्रपति बाइडेनलाई नियमित क्लोनोस्कोपीका लागि एनेस्थेसिया दिइएका बेला शुक्रबार ८५ मिनेटका लागि ५७ वर्षकी ह्यारिसले राष्ट्रपतिको अधिकार प्राप्त गरेकी हुन्।

राष्ट्रपतिको जिम्मेवारी पाएका बेला ह्यारिसले ह्वाइट हाउसको वेष्ट विङमा रहेको कार्यालयबाट जिम्मेवारी निर्वाह गरेको उनको कार्यालयले जनाएको छ।

अमेरिकाको उपराष्ट्रपतिमा निर्वाचित हुने ह्यारिस पहिलो महिला, पहिलो अश्वेत र दक्षिण एसियाली अमेरिकी महिला हुन्।
७९ औँ जन्मोत्सव मनाउँदै गरेका बाइडेनले स्वास्थ्य जाँच गरेका हुन्।


सर्बाधिकार सुरक्षित गरिएको बारे ः यस एभरेष्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।