जाल्पादेबि महिलाउद्धार समुहको २३ औ सधारणसभा एवं ८ औ अधिवेशन एवं ८ औ अधिवेशनले राधिका थापा को अध्यक्षतामा ११ सदस्य कार्यसमिति चयन गरेको छ ।
नवनिवार्चन कायसमितिको उपाध्यक्षमा दुर्गा अधिकारी , सचिवमा अमुता गिरी , सहसचिव सरस्वती गिरी , कोषाध्यक्षमा सुनिता बराल ,सहकोषाध्यक्ष राधा क्षत्री रहेका छन ।
समितिको सदस्यहरुमा रमा थामा , सृजना गिरी ,दिलु भण्डारी शुसिला गिरी , सवित्री बराल रहेका छन् । पोखरा ८ मा २३ बर्ष अघि स्थापना भएको समुहले महिलाको नेतृत्व, सामाजिक शैक्षिक तथा स्वास्थ सचेतना कार्यक्रमहरु गदै आएको छ ।
सो साधारणसभाको उद्घाटन गर्दै प्रदेश सांसद प्रभा कोइरालाले समाज परिर्वतनमा महिलाको भुमिका महत्वपुर्ण रहेकोले आमनेतृत्व लिने गरी आम महिलाहरु लाग्नु पर्ने बताईन । कार्यकममा पोखरा महानगरपालिका वडा ८ का अध्यक्ष रुद्रनाथ बराल ले सस्थाको बिकाशमा वार्डाले सकारत्मक सहयोग गर्र्ने बताए ।
कार्यक्रममा सामाजिक ब्यतित्व नारयण प्रशाद सुबेदी ,सस्थापक अध्यक्ष शारदा सुवेदी , पूर्व अध्यक्ष पबित्रा के।सी सल्लाकार सन्तुमाया गिरी उत्कृण्ठ ब्यवसायिक शान्ता माया परियार लगायतलाई सम्मान गरिएको थियो ।
सो कार्यक्रममा वडा सदस्य कृष्णमान ठुसाजु , सृजना बिकासकेन्द्रका अध्यक्ष इन्द्र पौडेल , सराङकोट बहुउद्देश्यीय सहकारी का अध्यक्ष कृष्ण बाहदुर थापा ,जाल्पादेबी बहुउद्देश्यीय बिकासका सचिव शान्ती सिग्देल , सृजना महिला सहकारी का अध्यक्ष शुस्मा वराल पत्रकार शुस्मा पौडेल , सुजना टोल ्र संस्थाका अध्यक्ष बलराम वराल लगायतले आ आफ्नो धाराणा राखेका थिए ।
समुहका अध्यक्ष कान्ती अधिकारी को सभापतित्वमा भएको कार्यक्रममा उपाध्यक्ष राधिका थापा , सचिव दुर्गा अधिकारी कोषाअध्यक्ष अमृता गिरी ले सस्थाको प्रतिवेदन राखेका थिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







