पोखरा । एभरेस्ट एफएम पोखराले आयोजना गर्न लागेको रक्तदान कार्यक्रममा नाम गर्ने दर्ताको क्रम शुरु भएको छ ।
एभरेस्ट मिडिया हाउसद्वारा सञ्चालित एभरेस्ट एफएम ९३ मेगाहर्जले स्थापनाको दोस्रो वर्षमा प्रवेश गरेको अवसरमा आगामी शनिबार आयोजना गर्न लागेको रक्तदान कार्यक्रममा सहभागिताका लागि नाम दर्ताको क्रम शनिबारबाट शुरु भएको हो ।
यही मंसिर ११ गते शनिबार रेडियोको कार्यालय पोखरा –५ पस्र्याङमा हुने रक्तदान कार्यक्रममा सहभागिताका लागि जमुना गिरी, प्रदिप अधिकारी, संगिता अधिकारी, रोशन कटुवाल, पुस्प मगर, ममता पुन, गिता ढुंगना, इनु कोइराला, कपिल सापकोटा, भेषराज पौडेल, मिलन बिक, रोशन अधिकारी, रोशनी भण्डारी, उमा विक, बालराम खनाल, इश्वर पौडेल, धनराज गुरुङ, कमल गुरुङ, नविन गुरुङ, रविन क्षेत्री, सितल क्षेत्री, एञ्जल प्रधान, सौरभ श्रेष्ठ, सिर्जना श्रेष्ठ, रामचन्द्र क्षेत्रीले नाम दर्ता गराएका छन् ।
यस्तै भानुभक्त लम्साल, अर्जुन भण्डारी, कृष्ण अधिकारी, श्रीकृष्ण ढकाल, सुरज अधिकारी, रमित तिमिल्सिना, संगम भण्डारी, राजु भट्टराई, सन्तोष भुषाल, दिनेश तुलाधर, शक्ति पराजुली, रविनद्र तिमिल्सिना लगायतले नाम दर्ता गराएको रेडियोका प्रवन्ध निर्देशक तथा कार्यक्रम संयोजक दीपेन्द्र श्रेष्ठले जानकारी दिए ।
शनिबारबाट शुरुभएको नाम दर्ता प्रक्रिया आगामी शनिबारसम्म जारी रहने नाम दर्ता हुनेहरुको यसरीनै प्रकाशन गरिने कार्यक्रमका प्रचार प्रसार संयोजक शशी पौडेलले बताए । नाम दर्ता रेडियोको फोन नम्वर ०६१–४१९६०८ र अफिसियल फेसबुक पेजमार्फत पनि दर्ता गर्न सकिने जानकारी दिए ।
मंसिर महिनामा रक्तदानका कार्यक्रमहरु कम हुने हुँदा रगतको अभाव हुने र रेडियोको वार्षिकोत्सव पनि पर्ने भएकाले सामाजिक उत्तरदायित्व बहन अन्तर्गत आयोजना गर्न लागिएको कार्यक्रमलाई सफल पार्न यसअघि रेडियोका निर्देशक श्रेष्ठको संयोजकत्वमा ११ वटा विभिन्न उपसमिति गठन गर्दै तयारीलाई तिव्र परेको छ ।
१७ देखी ६० वर्ष उमेर समूहका ४५ केजी भन्दामाथि तौल भएका कुनै पनि दिर्घरोगको औषधी सेवन नगरेका संक्रामक रोग नलागेका स्वस्थ व्यक्तिले रक्तदान गर्न सक्ने छन् । रक्तदान गर्नाले शरिरमा नयाँ रक्तकोष उत्पादन भई स्वास्थ्य प्राप्ति हुने, हृदयघात र क्यान्सरको खतरा कम हुने, क्यालोरि कम भई शरिरको तौल घटाउन सघाउने लगायतमा फाइदा हुने विज्ञहरुको भनाई छ ।
यसका साथै रगतको विकल्प रगत मात्र भएकाले संकटमा परेकाहरुको जीवन बचाई खुशी दिलाउने र सामाजिक दायित्व निर्वाह गराई आत्म सन्तुष्टि प्रदान गर्नपनि रक्तदानको महत्व छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


चिलिमे जलविद्युत् केन्द्रमा फसेका पाँच कर्मचारीको शव सम्बन्धित परिवारलाई हस्तान्तरण गरिएको छ…






