अभियानको रक्तदानमा १८५ यूनिट रगत संकलन


     एभरेस्ट आवाज    
     मंसिर ४ गते २०७८ मा प्रकाशित




पोखरा । लायन्स क्लव पोखरा अभियानको आयोजनामा शनिबार पोखरामा सम्पन्न रक्तदान कार्यक्रममा १८५ यूनिट रगत संकलन भएको छ ।

क्लवको वार्षिक कार्यक्रम अन्र्तगत पोखराको अमरसिंहचोकमा आयोजना गरिएको कार्यक्रममा १८५ जनाले रक्तदान गरेको कार्यक्रम संयोजक दिनेश जिसीले जानकारी दिए ।

यसअघि कार्यक्रमको उद्घाटन लायन्स अन्तराष्ट्रीय डिस्ट्रिक्ट ३२५ वि १ नेपालका एलआरपीसी चीफ राम बस्यालले गरे । उनले रगतको विकल्प रगत नै भएको भन्दै रक्तदानको महत्वबारे प्रकाश पारेका थिए ।

त्यस्तै कार्यक्रममा डिस्ट्रिक्ट को–चिफ एड्भाइजर चन्द्र कुमार केसी र क्लवका संस्थापक अध्यक्ष्य तथा को–चिफ एड्भाइजर बिनोद ढुंगनाले क्लवले समाजिक क्षेत्रमा पुर्याएको योगदानका विषयको प्रसंसा गरे । उनीहरुले आगामी दिनमा पनि यसलाई निरन्तरता दिन आग्रह गरे ।
कार्यक्रम क्षेत्रिय रक्तसञ्चार केन्द्र पोखरोको प्राविधिक सहयोगमा भएको हो ।

क्लवका अध्यक्ष डा. डिलाराम लामिछानेको अध्यक्षतामा भएको कार्यक्रमको सचिव श्यामकृष्ण रेग्मीले सञ्चालन गरेको कार्यक्रमाका प्रचार प्रसार संयोजक बलराम शर्माले जानकारी दिए ।

क्लवले यसअघि पर्वतको आर्थरमा स्वास्थ्य शिविर र निषेधाज्ञाका समयमा सञ्चालन गरेको फुड बैंक निकै प्रभावकारी भएको कार्यक्रममा सहभागीहरुले प्रंशसा गरेको रेग्मीले बताए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।