कास्कीमा आजदेखि राहदानीको काम हुँदैन


     एभरेस्ट आवाज    
     मंसिर ५ गते २०७८ मा प्रकाशित




जिल्ला प्रशासन कार्यालय कास्कीले आज (आइतबार)देखि राहदानीको फारम नलिने भएको छ।

राहदानी विभागले अब राहदानी विद्युतीयतर्फ लैजाने भएपछि केही समयका लागि फारम वितरण बन्द गर्ने भएको हो।

मंसीर १ गतेदेखि नै विद्युतीय राहदानी (इ–पासपोर्ट) जारी गर्नेगरी सुभारम्भ गरिएको छ। इदि, राहदानी बनाउँदै हुनुहुन्छ भने आइतबारदेखि फारम भर्ने र बुझाउने काम हुनेछैन।

जिल्ला प्रशासन कार्यालय कास्कीले एक विज्ञप्ती जारी गर्दै आइतबारदेखि अर्को सूचना नआएसम्म फारम संकलन गर्न, गराउन बन्द गरेको छ।

विज्ञप्तीमा भनिएको छ, ‘जिल्ला प्रशासन कार्यालय र तोकिएको इलाका प्रशासन कार्यालयबाट समेत विद्युतीय राहदानी जारी गर्ने कार्य प्रारम्भ हुने जानकारी गराइन्छ। सो को लागि प्रत्यक्ष दर्ता प्रणाली जडान गर्न र डाटा माइग्रेसन लगायतका प्राविधिक तयारी गर्नुपर्ने भएकाले राहदानी फारम संकल कार्य नगर्नु नगराउनु हुन अनुरोध छ।’


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।