‘ए’ डिभिजन लिग फुटबल : संकटा र हिमालयनले अंक बाँड्यो


     एभरेस्ट आवाज    
     मंसिर ५ गते २०७८ मा प्रकाशित




तस्बीरः एन्फा

सहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा संकटा क्लबले हिमालयन शेर्पा क्लबसँग बराबरी खेल्दै अंक बाडेको छ।

त्रिपुरेश्वरस्थित दसरथ रंगशालामा भएको खेलमा संकटाले हिमालयनसँग १–१ गोलको बराबरी खेलेको हो।

बराबरी खेलेसँगै दुबै टोलीले सुरुआती खेलबाट समान १÷१ अंक जोडेका छन्।

खेलमा सुरुवाती एक गोलको अग्रता जोगाउन नसकेपछि संकटाले अंक बाड्नु परेको हो। खेलको पहिलो हाफमा दुवै टोलीले गोल गर्न सकेनन्। त्यस्तै, खेलको ६० औं मिनेटमा लक्ष्मण रुचालले गोल गर्दै संकटालाई सुरुवाती अग्रता दिलाए।

त्यस्तै खेलको ६४ औं मिनेटमा त्रिदेभ गुरुङले गोल गर्दै हिमालयनलाई १–१ गोलको बराबरीमा ल्याए। त्यसपछि दुवै टीमले थप गोल गर्न सकेनन्। संकटाका लक्ष्मण रुचाल ‘म्यान अफ द म्याच’ बने।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।