नेपालगञ्ज म्याराथनको उपाधि एपीएफका किरणलाई


     एभरेस्ट आवाज    
     मंसिर ५ गते २०७८ मा प्रकाशित




सातौँ नेपालगञ्ज म्याराथनको उपाधि सशस्त्र प्रहरी बल (एपीएफ)का किरणसिंह बोगटीले जितेका छन्।

नेपालगञ्जको सुर्खेत रोडमा शनिबार बिहान भएको म्याराथनमा उनले २ घण्टा २९ मिनेट ४१ सेकेण्डमा ४२ किलोमिटर पूरा गरी उपाधि हात पारेका हुन्। योसँगै उनले १ लाख रूपैयाँ पुरस्कार जितेका छन्।

किरण सागको गत संस्करणका समेत स्वर्ण पदकधारी हुन्। यस्तै, नेपाली सेनाका नरेन्द्र रावलले २ घण्टा ३३ मिनेट २८ सेकेण्डमा म्याराथन पूरा गरेर दोस्रो स्थान हाँसिल गरे। उनले ५० हजार नगद पुरस्कार पाए।

यसैगरी, नेपालगञ्ज हाफ म्याराथनको उपाधि सन्तोषी श्रेष्ठले हात पारिन्। एक घण्टा १८ मिनेट ४८ सेकेण्डमा हाफ म्याराथन पूरा गरेकी उनले ५१ हजार पुरस्कार पाइन्। उनी पनि १३ औँ सागमा १० किलोमिटरतर्फ स्वर्णविजेता हुन्। एपीएफकी पुष्पा भण्डारीले १ घण्टा १९ मिनेट १८ सेकेण्डमा दौड पूरा गर्दै दोस्रो बनिन्।

क्रियटिभ ह्याण्डसले सरकार र तत्कालीन विद्रोही माओवादीबीच ५ मंसिर २०६३ मा भएको विस्तृत शान्ति सम्झौताको स्मरण गर्दै हरेक वर्ष नेपालगञ्ज म्याराथन आयोजना गर्दै आएको छ। युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराज लगायतले म्याराथनको उद्घाटन गर्दै विजेता खेलाडीलाई पुरस्कार वितरण गरे।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।