लमजुङको भोटेओडारमा १५ किमि सडक दौडको ‘मिनी म्याराथन’


     एभरेस्ट आवाज    
     मंसिर ६ गते २०७८ मा प्रकाशित




लमजुङको सुन्दरबजार नगरपालिका–९, भोटेओडारमा यही मंसीरको १८ गते खुला पुरुष सडक दौड ‘मिनी म्याराथन’ हुने भएको छ।

जिल्ला खेलकुद विकास समितिले पत्रकार भेटघाट कार्यक्रम गरी मंसिर १८ गते खुला पुरुष सडक दौड हुने जानकारी गराएको हो।

मिनी म्याराथन नाम दिइएको उक्त दौड बेंसीसहर नगरपालिकाको सीमा उदिपुर गेटबाट भोटेओडार बगैंचा, सिउँडीबार, सुन्दरबजार कृषि क्याम्पसको गेट, पाउँदीबाट सिउँडीबार हुँदै भोटेओडार कृष्ण बगैंचासम्मको करीब १५ किलोमिटर दुरी रहेको आयोजक जिल्ला खेलकुद विकास समितिका अध्यक्ष योगबहादुर गुरुङ (कालु)ले जानकारी दिएका छन्।

प्रतियोगिताको विजेताले ४४ हजार ४ सय ४४ रुपैयाँ, उपविजेताले नगद २२ हजार २ सय २२, तृतीय हुनेले ११ हजार १ सय ११ रुपैयाँ र सान्त्वनाले २ जनालाई जनही ५ हजार ५ सय ५५ रुपैयाँ, मेडल र प्रमाणपत्र पुरस्कार पाउनेछन्।

जिल्ला खेलकुद विकास समितिले पहिलोपटक ‘मिनि म्याराथन’का नाउँमा सडक दौड आयोजना गर्न लागेको हो।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।