तस्बीरः एन्फा
सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा मनाङ मस्र्याङ्दी क्लबले विजयी सुरुवात गरेको छ।
दशरथ रंगशालामा भएको खेलमा मनाङ मस्र्याङ्दी क्लबले जावलाखेल युथ क्लबलाई १–० गोलले हरायो।
मनाङ मस्र्याङ्दीलाई जिताउन दिनेश राजवंशीले खेलको ५६ औँ मिनेटमा गोल गरे। यसअघि ३० मिनेटमा विदेशी खेलाडी हफिज ओलावालेको गोललाई रेफ्रीले अफसाइड भएको भन्दै मान्यता दिएनन्। मनाङका गोलकर्ता दिनेश ‘म्यान अफ दि म्याच’ बने।
आज (सोमवार) पहिलो खेलमा विभागी डर्बी त्रिभुवन आर्मी र नेपाल पुलिस भिड्नेछन्। त्यस्तै, दोस्रो खेलमा साविक विजेता मच्छिन्द्र र एनआरटीबीच खेल हुनेछ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







