काँग्रेसको आज ६० जिल्लाका निर्वाचन क्षेत्रमा अधिवेशन


     एभरेस्ट आवाज    
     मंसिर ६ गते २०७८ मा प्रकाशित




प्रतिकात्मक तस्बीर

नेपाली काँग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत आज (सोमबार) ६० जिल्लामा प्रतिनिधि सभा निर्वाचन क्षेत्रको अधिवेशन सुरु हुँदैछ ।

काँग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार निर्धारित कार्यतालिकाअनुसार ६० जिल्लाका १ सय ४८ वटा प्रतिनिधि सभा निर्वाचन क्षेत्रमा अधिवेशन सोमबार सुरु हुन लागेको हो।

१४ वटा जिल्लाको अधिवेशन सम्पन्न हुँदा सोमबार ६० जिल्लाका १ सय ४८ वटा निर्वाचन क्षेत्रमा अधिवेशन हुन लागेको हो।

काँग्रेसको बाँकी १३ जिल्लाको प्रतिनिधि सभा क्षेत्रस्तरीय अधिवेशन सम्पन्न भइसकेको छ । त्यसमा गोरखा र म्याग्दीको सम्पन्न भइसकेको छ।

सोलुखुम्बुको अधिवेशन शनिबार सम्पन्न भएको छ। जुम्लाको अधिवेशन पनि आइतबार सम्पन्न भएको छ। बाँकी रहेका १ सय ४८ वटा प्रतिनिधि सभा निर्वाचन क्षेत्रमा सोमबारबाट अधिवेशन सुरु हुँदैछ। वडा अधिवेशनबाट चुनिएका क्षेत्रीय प्रतिनिधिले प्रतिनिधि सभा निर्वाचन क्षेत्रको नेतृत्व चयनका लागि मतदान गर्नेछन्।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।